बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमाले निर्वाचन : १२६ पदका लागि १८२ जना चुनावी मैदानमा (सूचीसहित)

मङ्गलबार, १४ मङ्सिर २०७८, ०८ : ३१
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको १० औं महाधिवेशनको चुनावी प्रक्रियामा १८२ जना उम्मेदवार सहभागी भएका छन् । एमालेको निर्वाचन आयोगका अनुसार अध्यक्षमा दुई, उपाध्यक्ष ७, सचिवमा ९, प्रदेश १ खुल्ला सदस्यमा ७ जना, प्रदेश १ महिला सदस्यमा ४, सुदूरपश्चिम प्रदेश सदस्य महिला ५ जना उम्मेदवार रहेका छन् । 

दलित सदस्य खुल्ला ८ जना चाहिनेमा ९ जनाको उम्मेदवारी परेको छ । थारु सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ।  यस्तै पिछडिएको क्षेत्रको सदस्यमा ४ जना, सदस्य खुल्ला (क्षेत्र) ८४ जना चाहिनेमा १०५ जनाको उम्मेदवारी परेको छ । 
खुल्ला महिला सदस्य यसअघि नै सर्वसम्मत भइसकेका छन् । यस्तै अरु केही पदमा पनि बढी उम्मेदवारी परेको छ। यसअघि सर्वसम्मत भइसकेका बाहेक १२६ पदमा निर्वाचन भइरहेकोमा १८२ जनाको उम्मेदवारी परेको हो।

-यसअघि तथ्यांक अन्यथा भएकाले क्षमायाचनासहित संशोधन गरिएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप