शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, १४ मङ्सिर २०७८, ०७ : ५०
मङ्गलबार, १४ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ ८६ रुपैयाँ पुगेको छ भने बिक्रीदर १२० रुपैयाँ ४६ पैसा पुगेको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९३ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५७ पैसा र विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ । 

यता, साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ९५ पैसा र विक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेकोमा कतारी रियाल रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप