बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

मङ्गलबार, १४ मङ्सिर २०७८, ०७ : २६
मङ्गलबार, १४ मङ्सिर २०७८

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र  देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही कारण हाल देशभर आंशिक बदली रहेको छ ।

यसैगरी महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर आंशिक बदली रहने  छ। यस्तै, राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली  रहने छ ।
सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमान उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप