बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेमा मतदान : अँध्यारोमै सुरु, हातहातमा 'नो भोट'को पर्चा (फोटोफिचर)

मङ्गलबार, १४ मङ्सिर २०७८, ०६ : ५९
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सौराहास्थित होटल सेभेनस्टार परिसरमा मतदान यतिबेला जारी छ । सोमबार राति सुरु हुने भनिएको मतदान म‌ंगलबार बिहानमात्र सुरु भएको हो । उज्यालो नहुँदै मतदान प्रक्रिया सुरु भएको थियो । बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरु आफ्नो मताधिकार प्रयोग गर्न लामबद्ध बनेका छन् ।  मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरेको हो । यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो ।

​अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् । 

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप