बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस भक्तपुरको सभापतिमा देउवा निकट दुर्लभ थापा निर्वाचित

मङ्गलबार, १४ मङ्सिर २०७८, ०७ : ००
मङ्गलबार, १४ मङ्सिर २०७८

 नेपाली काँग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । १३ औं महाधिवेशनमा पनि थापा नै सभापतिमा निर्वाचित भएका थिए । 

सोमबार सम्पन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेरबहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याए । अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी थिए । 

उपसभापतिमा पनि थापा निकट समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् । सचिवमा पनि सोही समूहकै सुशिल बस्नेत र राजेश खड्का विजयी भए । सहसचिव पदमा सभापति थापा समूहकै यादव प्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपानेले जित हासिल गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप