
कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् । केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको अनुमान गरिएको छ ।
प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । तर, प्रहरी अस्पताल स्रोतले भने प्रधानन्यायाधीश सोमबार भर्ना भएको पुष्टि गर्यो । आइतबार सर्वोच्च अदालत गएका प्रधानन्यायाधीश जबरा सोमबार भने सर्वोच्चमा नआएको अदालत स्रोतको भनाइ छ । स्रोतका अनुसार आइतबारदेखि नै उनलाई खोकी लागिरहेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ