कर्जाको माग बढ्दो छ तर तरलता छैन, बैङ्कहरूले सातामै ७ अर्बले निक्षेप गुमाए
अघिल्लो साताको तुलनामा यस साता २७ वाणिज्य बैङ्कहरूले ७ अर्ब बढीले निक्षेप गुमाएका छन् । सोमबार नेपाल बैंकर्स संघले जारी गरेको फाइनान्सियल रिपोर्ट अनुसार गत मङ्सिर ३ गतेदेखि १० गतेसम्ममा ७ अर्बले निक्षेप गुमाउँदै कुल ४२ खर्ब १९ अर्ब सङ्कलन गर्न सफल भएका छन् ।
अघिल्लो हप्ता अर्थात् गत कार्तिक ३० गतेदेखि मङ्सिर ३ गतेसम्म बैङ्कहरूले कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका थिए । यता निक्षेप सङ्कलन घट्दै गर्दा उता बैङ्कहरूको कर्जा माग दोब्बरले बढेर गएको छ । समीक्षा अवधिमा वाणिज्य बैङ्कहरूको ७ अर्बले निक्षेप घट्दै गर्दा १४ अर्बले कर्जा बढेको छ । बैंकर्स संघका अनुसार गत कार्तिक ३० गतेदेखि मङ्सिर ३ गतेसम्म ४० खर्ब ४१ अर्ब कर्जा लगानी गरेकामा समीक्षा अवधि अर्थात् मङ्सिर ३ गतेदेखि १० गतेसम्ममा १४ अर्बले कर्जा बढाउँदै कुल ४० खर्ब ५५ अर्ब लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा