शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : मतदानको समय सरेको सर्‍यै

सोमबार, १३ मङ्सिर २०७८, २१ : ५०
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा मतदानको समय फेरि सरेको छ । निर्वाचनको कार्यतालिका हेरफेर गर्दै मतदानको समय राति २ बजे पुर्याइएको हो । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो । तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी नै छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएकै कारण मतदानको समय पनि पर धकेलिएको बताइएको । केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको छ । यसलाई राति ११ बजेसम्म प्रकाशित गर्ने तयारी गरिएको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप