शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सडक खनेको स्थानबाट सुख्या पहिरो, स्थानीयलाई निदाउनै दिएन

सोमबार, १३ मङ्सिर २०७८, २१ : ४७
सोमबार, १३ मङ्सिर २०७८

रामहरी श्रेष्ठ 

ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा गएको सुख्खा पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । मानेभन्ज्याङ गाउँपालिकाको वडा नम्बर १ स्थित चुने गाउँमा दुधकोशी किनारबाट गएको सुख्खा पहिरोले स्थानीय लामो समयदेखि निदाउन सकेका छैनन् । मानेभन्ज्याङ गाउँपालिका १ मोलीका ७२ वर्षीय असलमाया राई आजभोलि धेरै दिन भयो निदाउन सकेका छैनन् । मुनिबाट दुधकोशी नदी त्यसकै किनार हुदै खसेको पहिरोले उनको निन्द्रा खोसिएको हो । घरैमुनि आइपुगेको पहिरोले भएको खेतबारी खोस्न थालेपछि उनलाई अहिले कहाँ जाने र के खाने भन्ने चिन्ताले सताउन थालेको छ । ‘अब के खाने कहाँ जाने चिन्ता लागेको छ । आफूले कमाई खादै आएको खेतबारी पनि पहिरोले तान्ने भो’ पहिले त ठिकै थियो तलबाट बाटो खनेपछि पहिरो जान सुरु भएको हो ।’

गाउँका नागरिकलाई स्थानीय बजार जयरामघाट आवतजावत गर्ने एकमात्र बाटो पहिरोले बगाएको छ । नेपाल सरकारले कच्ची सडक खनेको स्थान हुँदै पहिरो खसेपछि मानेभज्याङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तल्लो भेगका नागरिक बढी प्रभावित बनेका छन् । त्यहाँका नागरिकलाई बजारसँग जोड्ने बाटो नै बगाएपछि दैनिक उपभोग्य बस्तु किनमेल गर्नै समस्या देखिएको छ । ‘पहिरोले मानिसहरू आवतजावत गर्ने बाटो समेत छैन भएको बाटो बगायो,किनमेल गर्न जाने बजारसँगै सम्बन्ध टुटेको छ । जान त सकिन्छ तर पहिरोको जोखिम मोलेर यसको सिरबाट जानुपर्ने हुन्छ ।’

तर स्थानीय सरकारले भने विकराल पहिरोले त्रसित बनेका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । पहिरो तत्काल रोकिने अवस्थाको नरहेकाले सुरक्षित रहन र पहिरो आसपासको क्षेत्रमा खेतीपाती समेत नगर्न गाउँपालिकाले आग्रह गरेको हो । गाउँपालिकाका अध्यक्ष मोतिराज राईले तत्काल जोखिममा रहेका नागरिकलाई अन्यत्र सार्ने विषयमा पहल गर्ने बताएका छन् ।

तत्काललाई पहिरो नियन्त्रणको कुनै उपाय नभए पनि यसको दीर्घकालीन समाधानका लागी भौगर्भिक अध्ययन गर्न आवश्यक छ । पहिरोले स्थानीयको खेतबारी नै बगाउने अवस्था आएपछि गृह मन्त्रालयमा यसको अध्ययनका लागी पत्राचार गर्ने र यसको दिगोपनाका लागी आवश्यक प्रक्रिया अगाडी बढाउने सडक डिभिजन कार्यालय हर्कपुरका डिभिजन प्रमुख अरुणकुमार लालकर्णले बताए ।

 पहिरोका कारण तत्काल तीन घर स्थानीय जोखिममा रहेका छन् । भने अन्य १० भन्दा बढी घरपरिवार प्रभावित बनेका छन् । उनीहरूले खेती गर्दै आएका जमिनलाई समेत पहिरोले तान्ने अवस्था आएपछि स्थानीय झनै मर्कामा परेका छन् । स्थानीयको समस्या बुझ्न र पहिरो अवलोकनका लागी केही दिनअघि पुगेको स्थानीय सरकार र स्थानीय प्रशासनको टोलीले त्रसित स्थानियलाई ढाडस दिएको छ । प्रहरीले पहिरोबाट सुरक्षित रहन र आवश्यक परेको खण्डमा तत्काल कार्यलयमा सम्पर्क राख्न भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप