बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले लेखा आयोगमा कँडेलको ह्याट्रिक

सोमबार, १३ मङ्सिर २०७८, २१ : १५
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसँगै प्रा.डा. पुष्पराज कँडेले एउटै पदमा लगातार तेस्रो पटकको रेकर्ड कायम गरेका छन् । 

कँडेल यस अघि आठौँ र नवौँ राष्ट्रिय महाधिवेशनबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएका थिए । पाँचौँ महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा आयोगको सदस्यबाट राष्ट्रिय राजनीतिमा पाइला चालेका कँडेल त्यस यता निरन्तर लेखा आयोगमै विभिन्न पदमा निर्वाचित भएर काम गर्दै आएका छन् । 

डा.कँडेल पाँचौँ र छैटौँ मा सदस्य, सातौँमा सचिव र आठौँ, नवौँ र दसौँमा निर्वाचित अध्यक्ष हुन् । एउटै कमिटीमा ३१ वर्ष निरन्तर काम गरेका कँडेल विधानमा उमेर हद कायमै रहे आगामी एघारौँ महाधिवेशनबाट ३६ वर्ष लेखा आयोगबाटै अवकाश पाउनेछन् । 

त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका कँडेल केपी ओली नेतृत्वको पछिल्लो सरकारमा ३९ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । लेखा आयोग नेकपा एमालेको आर्थिक अनुशासन कायम गराउने शक्तिशाली आयोग हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप