बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बागलुङमा ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु

सोमबार, १३ मङ्सिर २०७८, २० : ४६
सोमबार, १३ मङ्सिर २०७८

बागलुङको बलेवामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च ३६० नंको ट्रयाक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन । 

दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । ट्रयाक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्रयाक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप