शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ मा छानिए उत्कृष्ट पाँच स्टार्टअप

सोमबार, १३ मङ्सिर २०७८, २० : ०३
सोमबार, १३ मङ्सिर २०७८

लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अवार्ड ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ मा पाँच उत्कृष्ट कम्पनी चुनिएका छन् । यी कम्पनीहरु ४० बढी स्टार्टअपबाट ४ चरणको छनौट पार गर्दै उत्कृष्ट पाँचमा परेका हुन् ।

छानिएका स्टार्टअप कम्पनीमा डुलुवा एक्सपेडिसन, हाउस अफ बुक्स, खेती भेन्चर, निर्माण साथी टेक्नोभेसन र पुर्याउ सर्भिसेज छन् । यस्तै, उत्पादनतर्फ बगभी,आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम,मिखा,प्लान्टस्याट र सायक छन् । यसैगरी, उत्कृष्ट पाँच इनोभेसनतर्फ आस्क म्याट्ररब,आइओटी बेस्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ,मशुर,ओपन प्लास्टपेपर र रेन्ट अ बाइक छन् । 

यसैगरी ३५ बढी प्रडक्टहरूबाट छानिएर उत्कृष्ट ५ उत्पादन र ६० बढीबाट छानिएका उत्कृष्ट ५ ‘राइजिङ स्टार इन्नोभेसन’हरू विजेताको लागि पब्लिक भोटिङमा सहभागी भएका छन् । यी तीन विधाको विजेताका लागि मंसिर २२ गतेसम्म ई–सेवा र एसएमसमार्फत पब्लिक भोटिङ सञ्चालनमा रहेको छ ।

यसैगरी उत्कृष्ट १० मा पर्न सफल ३ विधाका प्रतिस्पर्धीको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधामा पनि भोटिङ सञ्चालनमा छ । यसैगरी अन्य ८ वटा अवार्ड विधाको लागि विभिन्न चरणका छनौट प्रक्रियाहरू सञ्चालनमा छन् ।

अवार्डको ग्राण्ड फिनाले पुस २ गते द सोल्टी होटलमा आयोजना हुनेछ । प्रतिस्पर्धामा रहेका उत्कृष्ट ५ र पब्लिक च्वाइसमा विजेता बनाउनको लागि ई–सेवा र एसएमएस मार्फत भोट गर्न सकिन्छ । भोटिङको लागि विस्तृत जानकारी वेबसाइट ष्अतबधबचम।यचनरखयतभ मा समावेश छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप