काँग्रेस महाधिवेशन : गण्डकी प्रदेशको सभापतिमा शर्माको उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगलाई बलियो बनाउनका लागि भन्दै उम्मेदवारी घोषणा गरेका छन् ।
नेता शर्माले पछिल्लो समय पार्टीमा नेता कार्यकर्तालाई टिकट वितरणमा अन्याय गरेको र पार्टीमा योगदान गरेका कार्यकर्ताको कदर हुन छाडेकाले त्यसको अन्त्यका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले सबै नेताको आफूलाई आशीर्वाद रहेको दाबी गर्दै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना समकक्षी रहेकाले दुवैले सहयोग रहने उल्लेख गरे ।
काँग्रेस पार्टीको संगठनमा निरन्तर क्रियाशील रहेको बताउदै उनले आफू कुनैपनि गुटमा आवद्ध नरहेको स्पष्ट पारे । नेता शर्माले काँग्रेस पार्टी आफ्नो बाटोबाट बिचलीत भएको बताउँदै प्रदेश सभापति निर्वाचित भएको अवस्थामा पार्टी भित्रका विसंगतिको अन्त्य गर्ने दावी गरे । पार्टीमा आबद्ध युवालाई पार्टीको संगठन, योजना र विकास निर्माण लगायतका कामका लागि प्रशिक्षित गराउन चाहेको उनको भनाई छ ।
नेता शर्माले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगलाई बलियो बनाएर पार्टी संगठनद्धारा स्थापित गर्ने बताए । प्रशिक्षित युवाहरुको नेतृत्व स्थापित गर्न आफुले काम गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे । शर्मा कास्कीका पूर्व सभापति हुन् । उनले १७ वर्ष कास्कीको नेतृत्व गरेका थिए । २०२६ सालमा काँग्रेस राजनीतिमा प्रवेश गरेका नेता शर्माले प्रजातन्त्र स्थापना गर्नका लागि समेत पटकपटक जेल जीवन बिताएका थिए ।
गण्डकी प्रदेश सभापतिमा यसअघि देवराज चालिसे, यज्ञबहादुर थापा र तनहुँका रघुनाथ पौडेलले उम्मेदवार बन्ने सार्वजनिक गरिसकेका छन् । त्यसैगरी काँग्रेसको केन्द्रीय सदस्य बनिसकेका पर्वतका अर्जुनप्रसाद जोशीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव