बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बीमा समितिले भन्यो – निर्देशनलाई खाफुखुसी व्याख्या गरेर जनमानसमा भ्रम छर्ने काम भयो

सोमबार, १३ मङ्सिर २०७८, १८ : ४५
सोमबार, १३ मङ्सिर २०७८

बीमा समितिले पुनर्बीमाको सम्बन्धमा जारी गरेको निर्देशनलाई आफुखुसी व्याख्या गरेर जनमानसमा भ्रम छर्ने काम भएको बताएको छ । आज एक विज्ञप्ती जारी गर्दै समितिले बीमा कम्पनीहरुलाई दिएको निर्देशनबारे आफुखुसी व्याख्या भएको बताएको हो ।

‘बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर विभिन्न संचार माध्यम र संचार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख छ । समितिको निर्देशनलाई एकतर्फीरुपमा आफूखुशी व्याख्या गरी जनमानस र सिङ्गो बीमाक्षेत्रलाई नै दिग्भ्रमित पार्ने गरी व्यक्त भएका यथार्थहीन र भ्रमपूर्ण धारणाप्रति आपत्ति समेत जनाएको छ ।

देशमा हाल दुई वटा पुर्नबीमा कम्पनी भएकाले यो व्यवसायको एकाधिकार अन्त्य भइसकेको समितिले बताएको छ । दुई वटा पुर्नबीमा कम्पनी रहेकाले यस क्षेत्रमा पूर्णरुपमा प्रतिस्पर्धा भइरहेको विज्ञप्तीमा उल्लेख छ । यस्तै, उक्त निर्देशनले घट्दै गएको विदेशी मुद्राको सञ्चित जोगाउन समेत मद्दत पुयाएउने समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप