शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा

सोमबार, १३ मङ्सिर २०७८, १८ : ३०
सोमबार, १३ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म बजारमा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको बताएको छ । 

सोमबार राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को असार मसान्तसम्म विभिन्न दरका गरी कुल ५ खर्ब ८८ अर्ब ६ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेकोमा २०७८ असार मसान्तसम्ममा यस्तो नोट १६.२३ प्रतिशतले वृद्धि भई ६ खर्ब ८३ अर्ब ५० करोड बराबर पुगेको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप