शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा अध्यक्षका दुई उम्मेदवार : रावल भोट माग्न व्यस्त, ओली जितमा विश्वस्त

सोमबार, १३ मङ्सिर २०७८, १७ : १५
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदका दुई उम्मेदवारमध्ये भीम रावल सोमबार दिनभरजसो महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै आफूलाई मत दिन आग्रह गरिरहेका देखिए । तर अध्यक्ष पदका अर्का उम्मेदवार केपी शर्मा ओली भने उम्मेदवारी दर्तापछि महाधिवेशन स्थलमा देखिएका छैनन् ।

रावलले महाधिवेशन स्थलमा महाधिवेशन प्रतिनिधिसँग भेट गर्ने, संक्षिप्त वार्तालाप गर्ने र आफ्नो उम्मेदवारीका बारेमा प्रस्ट पार्दै मत माग्ने गरेको देखियो । कतिपय महाधिवेशन प्रतिनिधिले उनलाई उम्मेदवारी फिर्ता लिनसमेत सुझाव दिएका थिए । उनीहरूलाई रावलले जबजको मूल्य र मान्यताअनुसार आफूले उम्मेदवारी दिएको भन्दै महाधिवेशनमा हुने प्रतिस्पर्धालाई सबैले स्वाभाविक रूपमा लिनुपर्ने जवाफ दिए ।

अर्कोतिर ओली भने उम्मेदवारी दर्ता गरे लगत्तै महाधिवेशन आयोजना स्थलबाट बाहिरिएर आफू बस्दै आएको होटलमा पुगेका छन् । उनी दिनभर सोही होटलमा बसे । ओली निकट नेताहरूका अनुसार ओलीले रावलको उम्मेदवारीलाई त्यति चुनौतीपूर्ण मानेका छैनन् । त्यसैले पनि ओलीले महाधिवेशन स्थलमा दौडधुप गरिरहन आवश्यक नठानेका हुन् । यद्यपि, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्य पदका उम्मेदवार भने महाधिवेशन प्रतिनिधिसँग हात जोडेर भोट मागिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप