आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा कस्ले जित्ला चुनाव: प्रचार प्रसारमा व्यस्त उम्मेदवार

बुधबार, २२ कात्तिक २०७४, १९ : ३०
बुधबार, २२ कात्तिक २०७४

डोल्पा – दुर्गम जिल्ला डोल्पामा आसन्न संघ र प्रदेशको निर्वाचनका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेद्वारहरु गाँउ–गाँउमा पसेका छन्  ।  काङ्ग्रेस, एमाले, माओबादी केन्द्र गठबन्धनका उमेदवारलगायतका साना तथा ठुला दलका उम्मेद्वारहरु प्रतिस्पर्धात्मक मैदानमा प्रचार–प्रचारमा लागेका हुन् । डोल्पामा बाम गठबन्धन र कांग्रेसका उम्ेमेदवारबीच नै चुनावी प्रतिश्पर्धा हुने मतदाताहरुको अनुमान छ । 


गठबन्धनकोतर्फबाट प्रदेशमा ‘क’ बाट उम्मेद्वार बनेका एमालेका नन्द सिंह बुढा आफ्नै क्षेत्रमा प्रचार प्रचारमा सक्रिय छन् । पहिलो पटक सांसदको टिकट पाएका बुढा एमाले जिल्ला कमिटी सचिव समेत हुन् । बुढाले जुफाल, रह, तिप्ला लगायतका गाँउहरुमा घरदैलो अभियानलाई  तीब्रता दिएका छन् । 


उक्त क्षेत्रमा काङ्गे्रस पनि बलियो प्रतिस्पर्धिका रुपमा रहेको छ, सोही क्षेत्रबाटै कांग्रेसबाट उम्मेद्वार बनेका बेगम सिंह ठकुरी पनि कार्यकर्तासहित चुनावी प्रचार–प्रचारमा उपल्लो डोल्पा पुगेका छन् । स्थानीय चुनावमा ठुलीभेरी नगरपालिकाको प्रमुख पदमा थोरै मतले हार व्यहोरेका काङ्ग्रेस यस कारण पनि बलियो प्रतिपक्षको रुपमा रहेको मतदाताहरुको भनाई छ । 


त्यस्तै, गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका पूर्वसांसद धन बहादुर बुढाले पनि आफ्नो प्रचारप्रसार तीब्र बनाएका छन् । बुढाले आसन्न निर्वाचनकालागि दशैँ अगावै पहिलो चरणको प्रचार–प्रचार गरिसकेको र अहिले दास्रो चरणको प्रचार प्रचार भइरहेको  एमालेले जनाएको छ । 

दोस्रो संविधानसभाको चुनामा डोल्पाबाट माओवादी र काङ्ग्रेसलाई हराउँदै भारी मतले बिजयी भएका बुढा अहिले तल्लो डोल्पामा मत माग्दै हिँडेका छन् । 
त्यस्तै काङ्ग्रेसबाट प्रतिनिधिसभाको टिकट पाएका अंगत कुमार बुढा र प्रदेश क्षेत्र नं १ का बेगम सिंह ठकुरी सहित चुनावी प्रचार प्रचारको क्रममा उपल्लो डोल्पाका पुगेका छन् ।


काङ्ग्रेसबाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका बुढाले डोल्पालाई बिकास, शुसासनको बाटोतर्फ डार्याउनकोलागि अमुल्य मत दिई सहयोग गर्न डोल्पालीलाई आग्रह गरेका छन् । त्यस्तै प्रदेशतर्फ क्षेत्र नं २ मा उठेका काङ्ग्रेसका उम्मेद्वार सुरेश शाही पुरानै अनुहार हुन् । दोस्रो संविधानसभाको चुनावमा काङ्ग्रेसबाट प्रत्यक्ष उम्मेद्वार बनेका शाही एमालेसँग पराजय भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप