शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

सोमबार, १३ मङ्सिर २०७८, १६ : ५०
सोमबार, १३ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १४९ जनामा गरिएको नमूना परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ९ महिला र १० पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १६,स्याङजा १, लमजुङ १ र पर्वतमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ९०७ पुगेको छ । 

गण्डकीमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ बेशिसहर नगरपालिका –११ की ४० बर्षिय महिला रहेकी छिन् । उनको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१७ पुगेको छ ।

 प्रदेशमा पछिल्लो चौबिस घण्टामा  १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ३२९ पुगेको छ भने होम आइसोलेसनमा १२३ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १६१ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप