बलात्कार मुद्दामा जेलमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भन्दै ठगेको आरोपमा युवती पक्राउ
डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । काभ्रे घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २७ वर्षीया रबिना थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण प्रसाद पंगेनीले रातोपाटीलाई बताए ।
बलात्कार उद्योग मुद्दामा ०७८ असार १८ मा पक्राउ परेका चिनियाँ नागरिक लिउ यु अहिले पुर्पक्षका लागी थुनामा छन् । थुनाबाट ‘छुटाउँछु’ भनेर रबिनाले चिनियाँ नागरिकको पत्नीसँग २० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । थापाले मञ्जु ओली समेतको सहयोगमा ‘न्यायाधीशसँग सेटिङ मिलाएर छुटाउँछु’ भनेर चिनियाँ नागरिककी पत्नी कमला भुसालसँग २० लाख रकम ठगेको एसपी पंगेनीले बताए ।
थापालाई महाशाखाको टोलीले आइतबार साँझ छाउनीबाट पक्राउ गरेको हो । ठगीमा संलग्न अर्की आरोपी मञ्जु ओली फरार छिन् । ठगी मुद्दामा थप अनुसन्धान र कारवाहीका लागी थापालाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले