शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘मन्त्र’ २८ माघमा रिलिज हुने

सोमबार, १३ मङ्सिर २०७८, १६ : ३८
सोमबार, १३ मङ्सिर २०७८

फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनले नै स्थान पाएका छन् ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका वितरक गोविन्द शाही हुन् । हिमाली भेगमा छायाङ्कन भएको फिल्म अर्गानिक नेपाली फिलम भएको दाबी निर्माण युनिटको रहेको छ । मनास्लु हिमालको बेस क्यामसम्म पुगेर फिल्मको छायाङ्कन गरिएको निर्देशक खिलबहादुर गुरुङले बताए ।

मनास्लु क्षेत्रको अलवा फिल्म गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतमा छायाङ्कन भएको छ । सौगात, बुद्धि र दियाको अलवा फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी छ । साम्तेन भुटियाको लेखन, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायाङ्कन रहेको फिल्म मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप