बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भोट माग्न आएका भीम रावललाई प्रतिनिधिको प्रश्न– हार्नुभयो भने पार्टी फुटाउनु हुन्छ कि ?

सोमबार, १३ मङ्सिर २०७८, १६ : २५
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष तथा दसौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीम रावलले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् । मतदानको समय नजिकिँदै गरेको अवस्थामा रावलले महाधिवेशन प्रतिनिधिसँगको भेटघाट बढाउँदै आफूलाई मत दिन आग्रह गरेका हुन् ।

महाधिवेशन प्रतिनिधिसँग रावलले भोट मागिरहँदा कतिपयले भने उनलाई उम्मेदवारी फिर्ता लिन सुझावसमेत दिएका छन् । तर उनले प्रतिनिधिहरूको सुझावको प्रत्युत्तरमा जबजको मर्मलाई बुझिदिन र आफूलाई मत दिन आग्रह गरेका छन् ।

रावललाई केही प्रतिनिधिले पराजित भएको खण्डमा पार्टी छोड्न नपाइने सर्त राखेका छन् । रावलले उनीहरूसँग प्रतिप्रश्न गर्दै ‘म पार्टी छोड्ने मान्छे हु र ?’ भनेका छन् । माधवकुमार नेपालसँग नजिक रहँदासमेत आफू पार्टी विभाजनको विपक्षमा बसेको भन्दै उनले अब पनि पार्टी छाडेर जाने आशङ्का नगर्न उनले महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरे ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप