बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओमिक्रोन भेरियन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : विश्व स्वास्थ्य संगठन

सोमबार, १३ मङ्सिर २०७८, १६ : १९
सोमबार, १३ मङ्सिर २०७८

विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरनाक स्वरूपका बारेमा स्पष्ट नभएको आइतबार जनाएको छ ।

दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालैमात्र यो कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएको बताइएको छ । यहाँ गएको दुई साता यताका परीक्षणहरूमा यो भेरिएन्टको विकास भएको बताइएको छ । त्यसपछि यो भाइरस दक्षिण अफ्रिकाका अन्य प्रान्तमा पनि देखिएको छ ।

ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरियन्ट भनिएको छ । प्रारम्भिक प्रमाणहरुले उक्त भेरिएन्टमा यसअघिका भाइरसहरुमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा यो नयाँ भेरिएन्ट भेटिएको भनिएको सो प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरु भर्ना हुनेहरु बढिरहेको पाइएको बताइएको छ तर पनि यो नयाँ भेरिएन्ट के कति मात्रामा बढी घातक छ भन्ने बारेमा भने अझै अनुसन्धान भइनसकेको जनाएको छ ।

यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे गत बुधवार विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको थियो । सो भेरिएन्ट केही दिनमै विश्वका कैयौँ देशमा फैलिइसकेको बताइएको छ । बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको बताइएको थियो । त्यस्तै आइतबार यो भेरियन्ट क्यानाडामा पनि देखिएको बताइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप