मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

बढुवा हुनासाथ प्रहरीका ५ जना एसपीलाई इन्चार्जको जिम्मेवारी

सोमबार, १३ मङ्सिर २०७८, १६ : ०९
सोमबार, १३ मङ्सिर २०७८

नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट उपरीक्षक (एसपी) पदमा बढुवा भएका ६ जनालाई पदस्थापन गरिएको छ । नेपाल प्रहरीका निमित्त महानिरीक्षक नीरज शाहीले ७ जना मध्येका ५ जनालाई इन्चार्जको जिम्मेवारी दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले बनाएको आचारसंहिता अनुसार बढुवा हुनासाथ इन्चार्जको जिम्मेवारी दिन मिल्दैन । तर, निमित्त प्रहरी महानिरीक्षकले रामेश्वर कार्कीलाई सुनवल स्थित विशेष सुरक्षा गण, चक्रराज जोशीलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर र अर्जुन प्रसाद तिमिल्सिनालाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा पदस्थापन गरेका छन् । काठमाडौँ उपत्यका प्रहरी शिक्षालय एसपीका लागी महत्त्वपूर्ण पोस्टिङ मानिन्छ ।

त्यसै गरी रमेश पण्डितलाई बाँकेको कोहलपुर स्थित लुम्बिनी प्रदेश प्रहरी गणको इन्चार्ज बनाइएको छ । जनकबहादुर शाहीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय र लक्ष्मीराज अधिकारीलाई प्रदेश–१ प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । अर्जुन रानाभाटलाई सुदूरपश्चिम प्रदेश प्रहरी गणको इन्चार्ज बनाइएको छ । उनीहरू मङ्सिर ९ मा डिएसपीबाट एसपी पदमा बढुवा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप