शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारी फिर्ता नलिने जनाउँदै भीम रावलले भने– चुनाव हुँदैमा एकता कमजोर हुँदैन

सोमबार, १३ मङ्सिर २०७८, १६ : ०३
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष तथा दशौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रस्ट पारेका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै महाधिवेशन भनेकै प्रत्येक प्रतिनिधिको चुन्ने र चुनिने पूर्ण सम्मानको थलो भएकाले आफूले उम्मेदवारी फिर्ता नलिने बताए ।

उनले केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएको भन्दै पार्टीभित्र एकथरिले आलोचना गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले भने, ‘लोकतन्त्रमा म प्रत्येक आलोचना, टिप्पणीको सम्मान गर्छु । पार्टीमा साथीहरुले आफ्ना कुरा भन्नुहुन्छ, आलोचना गर्नुहुन्छ । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ ।’

रावलले निर्वाचन हुँदैमा पार्टीमा एकता नहुने भनेर बुझ्न नमिल्ने पनि बताए । ‘निर्वाचन हुँदैमा एकता नहुने हो भने त हामीले आम चुनाव लगायत कुनै पनि निर्वाचन गर्नुभएन, त्यो मान्यता नै गलत छ,’ उनले भने, ‘लोकतन्त्रमा एकतामा अनेकता हुने भनेको जब विधि मिचिन्छ, कानुन मिचिन्छ, व्यक्तिहरुका अधिकार मिचिन्छन्, त्यहाँ प्रणाली कमजोर हुन्छन् । त्यतिबेला पो एकता कमजोर हुन्छ ।’ स्वच्छ प्रतिस्पर्धा गर्ने अधिकार प्रयोग गर्ने, नियम कानुन मान्ने, विधि मान्ने, नीति मान्ने, राष्ट्रको हितलाई सर्वोपरी मान्ने, कुराले कहिल्यै एकता कमजोर नहुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप