शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभातसँग रेश्माले कसिन् लगनगाँठो

सोमबार, १३ मङ्सिर २०७८, १५ : ५१
सोमबार, १३ मङ्सिर २०७८

मोडल तथा अभिनेत्री रेश्मा घिमिरेले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग सोमबार लगनगाँठो कसेकी हुन् ।  रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका आफन्त, परिवार, साथीभाइ र केही फिल्मकर्मी सहभागी छन् ।

अमेरिकामा रहँदै आएका प्रभातसँग गतवर्ष इन्गेज्मेन्ट गरेकी उनले इन्गेज्मेन्ट भएको एकवर्ष पछि विवाह गरेकी हुन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा भने म्युजिक भिडियोकी सफल मोडल हुन् । उनी टिकटकमा समेत चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप