सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

विमानस्थलबाट अवैध सुन आयात बढेपछि भन्सार चाँजपासमा कडाई

सोमबार, १३ मङ्सिर २०७८, १४ : २३
सोमबार, १३ मङ्सिर २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनको आयात बढेपछि चाँजपासमा कडाई गरिएको छ । विदेशबाट नेपाल फर्किने नेपालीले अवैधरुपमा सुन ल्याउनेक्रम बढेपछि सोमबारदेखि जाँचपासमा कडाई गरिएको हो । भन्सार विभागले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कर्मचारी नै थपेर जाँचपासमा कडाई गर्न थालेको छ ।

‘विदेशबाट फर्कने नेपालीले सुन ल्याउने क्रम बढेपछि हामीले जाँच पासमा कडाई गरेका हौं । अहिले विभागले जाँचपास गर्ने कर्मचारीको संख्या बढाएको छ,’ विभागका निर्देशक पुन्यबिक्रम खड्काले भने । उनले कानूनी व्यवस्थाको छिद्रतालाई औंल्याएर सुन ल्याउने क्रम बढेपछि जाँचपास कडाई गरेको रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘दुवै घुम्न जाने र नेपाल आउँदा सुन बोकेर आउनेक्रम बढेपछि विमानस्थल भन्सारमा कडाई गरिएको हो । घुम्न जाँदा कति पैसा लगेको थियो ? सुन किन्ने पैसा उ आफैसँग थियो वा कहाँबाट ल्यायो भन्ने लगायतका विवरण खोजिन्छ ।’ सुनको अवैध आयात भएको भन्ने शंका लागेपछि विभागले त्यससम्बन्धी बुझ्दा एउटै प्लेनमा चढेका यात्रुले किलोका किलो सुन ल्याएको पाइएपछि शंका उत्पन्न भएको खड्काको भनाई छ ।

विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले कानूनी छिद्रता पहिल्याएर सुन आयात गर्नेक्रम बढेपछि कर्मचारीको संख्या बढाएरै जाँचपास गर्न थालिएको बताए । उनले भने, ‘पहिलाकोभन्दा कानूनी व्यवस्था परिवर्तन भएको छ । धेरैलाई नयाँ कानुनबारे जानकारी छैन । सोहीकारण, अहिले विमानस्थलमा विवाद उत्पन्न भइरहेको छ ।’

अहिलेको कानुनअनुसार ५० ग्राम काँचो सुनको भन्सार ४७ हजार ५०० रुपैयाँ तिर्नुपर्छ । यो व्यवस्थाअनुसार विमानस्थल भन्सारले भन्सार महसुल उठाउन खोज्दा विदेशबाट फर्कने नेपालीले त्यसबारे जानकारी नभएको र भन्सार नतिर्ने बताइरहेका छन् । यही कारण, हाल विमानस्थलमा नेपाल फर्कने यात्रु र भन्सार कर्मचारीबीच विवाद भइरहेको छ ।

कस्तो छ सुन ल्याउन पाउने व्यवस्था ?

हाल नेपालीले विदेशबाट फर्कदा ५० किलोग्रामसम्म सुनको गहना विना भन्सार महसुल ल्याउन पाउँछन् । यस्तै, १०० ग्रामसम्म सुनका गहना ल्याएमा प्रति १० ग्राम हजार १० हजार ५०० रुपैयाँ भन्सार तिर्नुपर्छ । योभन्दा २५० सम्म सुन ल्याएमा प्रति १० ग्राम १२ हजार भन्सार तिर्नुपर्छ । २५० ग्रामभन्दा बढी सुन ल्याइएको पाइएमा तोकाएकोभन्दा बढी सबै सुन बरामद हुने कानून छ ।

यस्तै, काँचो सुनको हकमा मंसिर १ गतेसम्म ५० ग्राम सुन भन्सार नतिरी ल्याउन पाइन्थ्यो । मंसिर १ गतेदेखि लागू भएको नयाँ कानुनअनुसार १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन पाइन्छ । ५० ग्राम सुन ल्याउँदा प्रति ग्राम ९५० भन्सार तिर्नुपर्छ भने थप ५० ग्राम काँचो सुनको प्रतिग्राम १०५० भन्सार तिर्नुपर्ने व्यवस्था छ । योभन्दा बढी सुन ल्याएमा तोकिएभन्दा बढी सबै सुन जफत गरिने भन्सार व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप