मौद्रिक नीतिको समीक्षा सकारात्मक : महत
पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । सोमबार मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै महतले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले सकारात्मक रहेको बताए ।
डा.महतले भने, ‘कोरोना महामारीका कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ । महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा क्षति गर्यो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योग व्यवसाय चलायमान बनाउनका लागि राहतका कार्यक्रम तथा सुविधाहरु व्यवस्था गर्नु आवश्यकता रहेको उनले बताए ।
डा.महतले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा सुविधा सहज बनाउनको लागि केही वर्ष देखि मौद्रिक नीतिको व्यवस्था गरेको बताए । यसरी राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका केहि सकारात्मक पक्ष रहेका र मौद्रिक नीति मार्फत आएका व्यवस्थालाई सबैले स्वभाविक मान्नुपर्ने महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो