शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : उम्मेदवारहरू हात जोड्दै भोट माग्दै

सोमबार, १३ मङ्सिर २०७८, १३ : २४
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका नेताहरु भोट माग्न व्यस्त देखिएका छन् । उम्मेदवारी दर्ता लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल, अन्य पदका उम्मेदवारहरूले महाधिवेशन स्थलमा हात जोडेर भोट माग्न थालेका हुन् ।

उम्मेदवारी दर्तापछि ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका हुन् । उनले महाधिवेशन आयोजनास्थलको चारैतिर हात जोडेर घुम्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका हुन् । यसैगरी रावलले पनि उम्मेदवारी दर्तापछि महाधिवेशन प्रतिनिधिसँग प्रत्यक्ष रुपमा भेट गर्दै आफ्नो पक्षमा भोट मागेका छन् ।

ओलीको सूची बाहिरबाट उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल र सचिव पदमा उम्मेदवारी दिएका टंक कार्की पनि भोट माग्न व्यस्त देखिन्छन् । ओलीको सूचीमा नपरेका सचिवका अर्का उम्मेदवार भीम आचार्य भने उम्मेदवारी दर्तापछि ‘आइसोलेसन’ मा फर्किएका छन् । उनी कोरोना संक्रमित भएका कारण ‘आइसोलेसन’ मा छन् ।

उपाध्यक्ष पदका उम्मेदवारहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङले पनि महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप