ad
x

तीन दिने ‘ढाका प्रदर्शनी’ हुँदै

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

ढाकाका कपडाको प्रबद्र्धन गर्नलाई यही पुसमा तीन दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले पुस २, ३ र ४ गते ढाका प्रदर्शनी आयोजना हुने बताए ।


उनले नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुने लागेको रातोपाटीलाई जानकारी दिए । पुस २ गते ह्याण्डलुम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलन छ र त्यही दिनदेखि प्रदर्शनी सुरु हुनेछ ।
नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जानकारी दिए । त्यसमध्ये पछिल्लो समय पाल्पाली ढाकाको कपडाको बजार खस्किएको र त्यसलाई फेरी माथि उकास्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । 



नयाँ बानेश्वर (थापागाउँ) को बानेश्वर ब्याङ्क्वेटमा चल्ने प्रदर्शनीमा ४० वटा स्टल राखिनेछ । जसमा २५ वटा स्टल ढाकाका कपडालाई छुट्याइएको छ भने बाँकी १५ वटा स्टल हेम (भाङ) र अल्लोका कपडालाई छुट्याइएको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।