ओमिक्रोन भेरियन्टद्वारा संक्रमित हुँदा कस्ता लक्षण देखिन्छन् ?

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकी डाक्टर एन्जेलिक कोएट्जीले हालसम्म नयाँ भेरियन्टद्वारा संक्रमित बिरामीमा निकै साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।
बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनले भनिन्, ‘मलाई भेट्न ३३ वर्षका एक बिरामी आएका थिए । एउटा शल्यक्रियाका लागि । उनले मलाई आफू पछिल्लो दुई दिनदेखि थाकेको महसुस गरिरहेको र उनको टाउको थोरै दुखिरहेको बताएका थिए । शल्यक्रिया अघि हामीले उनको परीक्षण गरायौं र उनी कोरोनाको ओमिक्रोन भेरियन्टद्वारा ग्रसित भएको थाहा पायौं ।’
‘त्यसपछि हामीले उनको पूरा परिवारको परीक्षण गरायौं । पूरा परिवारमा पोजेटिभ देखियो । सबैलाई निकै साधारण लक्षण थिए । उनीहरुलाई खोकीको समस्या थिएन न नै उनीहरुको स्वाद वा गन्ध महसुस गर्ने क्षमता कम भएको थियो । उनीहरुमा निकै सामान्य लक्षण देखियो ।’
‘धेरैजसो जो बिरामी हामी भएठाउँ आए उनीहरुमा निकै साधारण लक्षण मात्रै थिए तर ती सबै नयाँ भेरियन्टका शिकार पाइए । म देशको कोभिड कमिटीको हिस्सा हुँ त्यसैले मैले कोरोनाका पोजेटिभ केस जतिपनि भेटिएका छन्, ती सबै डेल्टा भेरियन्टभन्दा पूर्ण रुपमा अलग भएको जानकारी कमिटीलाई दिएँ । त्यसपछि स्याम्पलको प्रयोगशालामा परीक्षण हुँदा थाहा भयो कि यो एउटा नयाँ भेरियन्ट हो ।’
दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको कारण मानिँदैछ । प्रारम्भिक प्रमाणमा यसको म्युटेशन निकै तीब्र गतिमा भइरहेको र पुनर्संक्रमणको खतरा पनि अत्यधिक भएको पाइएको छ ।
यो महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो भेरियन्टबारे पत्ता लागेको थियो । अघिल्लो बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई यसबारे जानकारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
-
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान