
जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धि : अध्ययन

जलवायु परिवर्तनका कारण जंगलमा डढेलोका घटना तीव्र बृद्धि भएको एउटा अनुसन्धानले देखाएको छ । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सीएसआइआरओले गरेको अनुसन्धानमा पछिल्ला तीन दशकमा जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धि भएको देखाएको हो ।
नेचर कम्युनिकेसनमा प्रकाशित सो अध्ययनले यसअघि भएका डढेलोका विभिन्न आठ ओटा क्षेत्रको विश्लेषण गरेको थियो । डढेलोको मौसम लम्बिएको र जंगलको आगो तसमानियाको दक्षिणी टापुको जंगलमा मात्र सीमित नभएर देशको उत्तरपश्चिमस्थित क्विन्सल्यान्डको उष्ण क्षेत्रमा पनि फैलिएको जनाइएको छ ।
‘हामीले डढेलो लागेका आठ ठाउँको अध्ययन गरेका छौं’, डढेलोको मुख्य कारक जलवायु परिवर्तन देखिएको छ,’ सीएसआइआरओका वैज्ञानिक पेप क्यान्डेलले भने ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ