शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकले गर्‍यो न्यानो कपडा सहयोग

सोमबार, १३ मङ्सिर २०७८, ११ : २८
सोमबार, १३ मङ्सिर २०७८

ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका, काठमाडौंस्थित मातातीर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरू प्रदान गरेको छ ।

आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिपराज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठले वृद्धाश्रम समितिका कार्यालय प्रमुख राम थापालाई न्यानो कपडा हस्तान्तरण गरेका छन् । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत आश्रममा आश्रित बृद्धाका लागि न्यानो कपडा सहयोग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप