समृद्धि फाइनान्सले रणनीतिक योजना बनाउँदै
वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको व्यवस्थापनका लागि समृद्धि फाइनान्स रणनीतिक योजनामा जुटेको छ । फाइनान्सले गत शनिबार एक कार्यशाला गोष्ठी चलाउँदै बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुको बारेमा छलफल गरेको हो ।
उक्त छलफलले संस्थागत सुशासन, वित्तीय परिचालन र लगानीका क्षेत्रको प्राथमिकरणलाई मुख्य मुद्दा बनाएको छ । कार्यक्रममा संस्थाको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । एयरपोर्ट होटेल, काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा व्यापार प्रबद्र्धनका लागि थप रणनीतिक योजना, कार्यक्रम, प्रोडक्ट लगायतका विषयमा छलफल गरिएको थियो ।
समृद्धि फाइनान्सले बचत खातामा उच्चतम ब्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ । जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ भने आइपीएस, कनेक्ट आइपिएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबिड कार्ड, क्यू.आर कोडजस्ताडिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीविरुद्ध किन चलेन मुद्दा ?
-
अमेरिकामा नेपालीहरूले यसरी मनाए ‘धन्यवाद दिवस’
-
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
-
‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
-
दश दिक्पाल र पूर्वका देवता इन्द्र
-
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?