शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बस दुर्घटनामा एकको मृत्यु २३ घाइते

सोमबार, १३ मङ्सिर २०७८, १० : ४८
सोमबार, १३ मङ्सिर २०७८

कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते भएकामध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाबारे दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप