बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१० बुँदे पक्षधर ५ जनाले पाए पदाधिकारी, घनश्याम आउट

सोमबार, १३ मङ्सिर २०७८, ०८ : १७
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेभित्रको १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरुमध्ये ५ जना अध्यक्ष केपी ओलीको पदाधिकारी सूचीमा परेका छन् । आज बिहान ओली​ बन्दसत्रमा प्रस्तुत गरेको नाममध्ये उपाध्यक्षमा ३ र सचिवमा दुई जनाको नाम समेटिएको हो । 
जसअनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे उपाध्यक्षको सूचीमा अटाएका छन् भने सचिवमा योगेश भट्टराई गोकर्ण विष्ट अटाएका छन् । 

तर १० बुँदे पक्षधर नै रहेका घनश्याम भुसाल ओलीको प्रस्तावित पदाधिकारी सूचीबाट आउट भएका छन् । उनले उपाध्यक्षमा दावी गर्दै आएका थिए भने ओली सो पद दिन राजी नभएका हुन् । ओली प्रस्ताव गरेको उपाध्यक्षमध्ये दुई उपाध्यक्ष शाक्य र ज्ञवाली नवौँ महाधिवेशनमा पनि उपाध्यक्ष रहेका थिए । यस्तै भट्टराई र विष्टपनि नवौँ महाधिवेशनबाट निर्वाचित सचिव हुन् । यता, १० बुँदे पक्षधर नै रहेका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप