पूर्वमाओवादीका ३ जनाको नाम एमाले पदाधिकारीमा प्रस्ताव

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादीका ३ नेताको नाम पदाधिकारीमा प्रस्ताव गरेका छन् । गए रातिको बन्दसत्रमा ओलीले रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीको नाम नाम प्रस्ताव गरेका हुन् । ओलीले सो नाम हलमा प्रस्ताव गरेसँगै उनीहरुले सोही अनुसार आफ्नो मनोनयन दर्ता गराउनुपर्नेछ । सो सबै पदमा चुनाव हुने भएको र हलबाट अनुमोदन नभएकाले मनोनयन दर्ता गराउनुपर्ने भएको हो ।
ओली बादललाई उपाध्यक्ष बनाएका छन् भने भट्ट र रायमाझीलाई सचिव बनाएका छन् । उनीहरु तत्कालीन नेकपा विभाजित भएपछि माओवादीतिर नगरेर एमालेमै बसेका थिए । अर्का नेता प्रभु साहलाई पनि केन्द्रीय समिति सदस्यमा प्रस्ताव गरिएको छ ।
एमाले अध्यक्षमा ओलीलाई चुनौति दिँदै भीम रावलले उपाध्यक्षमा घनश्याम भुसालले दावी गरेपछि तथा उनीहरुले चुनावी प्रक्रियामा जानुपर्ने बताएपछि निर्वाचन कार्यक्रम तय गरेर मतदानमा जान लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक गैरसरकारी विधेयक दर्ता
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई