बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाबाट मुम्बई र महाराष्ट्र फर्किएका व्यक्ति कोरोना संक्रमित, जिनोम सिक्वेन्सिङका लागि पठाइयो स्याम्पल

सोमबार, १३ मङ्सिर २०७८, ०७ : ४६
सोमबार, १३ मङ्सिर २०७८

भारतको मुम्बईमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको खतरा पैदा भएको छ । दक्षिण अफ्रिकाबाट दिल्ली हुँदै मुम्बई फर्किएको डोम्बिवलीका एक युवकमा  कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रशासनले युवकलाई आइसोलेट गर्दै उनको स्याम्पल जिनोम सिक्वेन्सिङका लागि पठाइदिएको छ ।

संक्रमित युवक दक्षिण अफ्रिकाबाट २४ नोभेम्बरमा दिल्ली पुगेका थिए र त्यहाँबाट मुम्बई आएका थिए । कल्याण–डोम्बिवली म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य अधिकारी डा. प्रतिभा पाटिलले युवकको स्थिति पूर्ण रुपमा सामान्य भएको जानकारी दिएकी छिन् । उनका भाइको पनि कोभिड परीक्षण गरिएको थियो जुन नेगेटिभ निस्किएको थियो । परिवारका अन्य सदस्यको कोरोना सोमबार गरिने, यद्यपि, उनीहरु सबैलाई क्वारेन्टिनमा राखिएको जानकारी दिइन् ।

यस्तै भारतीय सञ्चार माध्यम आजतकले दक्षिण अफ्रिकाबाट महाराष्ट्र फर्किएक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको जानकारी दिएको छ । हालसम्म उनी ओमिक्रोनद्वारा संक्रमित भए नभएको पुष्टि हुन सकेको छैन । कोरोनाद्वारा संक्रमित व्यक्तिलाई आइसोलेशनमा राखिएको जानकारीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप