म परीक्षण हुन चाहान्छु : भीम रावल
सोमबार, १३ मङ्सिर २०७८, ०२ : ०४

एमाले उपाध्यक्ष भीम रावलले आफु निर्वाचन मै जाने अडान दोहोर्याएका छन् । सौराहामा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै रावलले आफु परीक्षण हुन चाहेको बताए ।
उनले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम हुने बताउँदै उनीहरुले नेतृत्व चुन्न पाउनुपर्नेमा जोड दिए । आफु पदका लागि चुनाव लड्न नलागेको बताउँदै रावलले केन्द्रीय सदस्य लगायतको नाम प्रस्तुत गर्ने सबै प्रक्रियामा असहमति जनाए ।