बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

३०० जनाको नाम पढेपछि ओलीले सोधे : मेरो के गरौँ ?

सोमबार, १३ मङ्सिर २०७८, ०१ : ०५
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका छन् । २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् ।

३ सय जनाको नाम पढेपछि ओलीले ठट्टा गदै सोधे - मेरो नाम चाहिँ के गरौँ ? त्यसपछि 'म पनि पर्छु होला' भन्दै ३०१ जना पुगेको जिकिर गरेका थिए । ओलीले वाचन गरेको नामावलीमा केशव स्थापित, शान्ता चौधरी, रामचन्द्र मण्डल, सावित्रा राना, जुलीकुमारी महतो, ज्वाला कुमारी महतो, रिता शाह, बैजनाथ चौधरी, गंगा चौधरी, गोविन्द नेपालीलगायतको नाम रहेको छ । ​त्यस्तै राजकुमार लेखी, मायानाथ अधिकारी, जगत बिक, सीमा क्षेत्री, लिला गिरी, दिनेश पन्थी, भूमिश्वर ढकाल, धर्मराज रेग्मी, नगरेन्द्र शाही, नारदमूनी राना, ,कमला ओली, कमला बोहरा लगायत छन् ।

नाम वाचन गरिसकेपछि ओलीले कसैको नाम छुटे उनीहरुलाई सल्लाहकार समितिमा अटाउने आश्वासनसमेत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप