बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बन्दसत्र : बाहिर फारम बाँड्दै, भित्र नाम पढ्दै ओली, को–को परे ?

सोमबार, १३ मङ्सिर २०७८, ०० : ४६
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीलाई बन्दसत्रमा पेस गरेका छन् । आज दिनभर छलफल गरी तयार गरेको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव ओलीले बन्दसत्रमा पेस गरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । अध्यक्ष ओलीले बन्दसत्र भित्र प्यानल घोषणा गरिरहँदा बाहिर भने निर्वाचन आयोगले मनोनयन दर्ताका लागि फाराम बाँडिरहेको थियो । अहिले भने निर्वाचन कार्यक्रम नै संशोधन गरिएको छ ।

अध्यक्ष ओलीले ३०१ सदस्यी केन्द्रीय कमिटीमा २०० जना पुरुष र १०१ महिलाको नामावली वाचन गरेका छन् । वाचन गरेपछि उनले त्यसलाई पारित गर्न आग्रह गरेका छन् ।

यसमा केशव स्थापित, शान्ता चौधरी, रामचन्द्र मण्डल, सावित्रा राना, जुलीकुमारी महतो, ज्वाला कुमारी महतो, रिता शाह, बैजनाथ चौधरी, गंगा चौधरी, गोविन्द नेपालीलगायतको नाम रहेको छ । ​त्यस्तै राजकुमार लेखी, मायानाथ अधिकारी, जगत बिक, सीमा क्षेत्री, लिला गिरी, दिनेश पन्थी, भूमिश्वर ढकाल, धर्मराज रेग्मी, नगरेन्द्र शाही, नारदमूनी राना, ,कमला ओली, कमला बोहरा लगायत छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप