अध्यक्ष पदका लागि उम्मेदवारी दिन फारम भरे रावलले
सोमबार, १३ मङ्सिर २०७८, ०० : २३
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यसूची प्रकाशित गरेसँगै रावलले अध्यक्ष पदका लागि मनोनयन पत्र भरेका हुन् । मनोनयनको फारम भरेपछि रावलले आयोगले दर्ता गर्ने समय दिएसँगै त्यसलाई बुझाउने प्रतिक्रिया दिए ।
यसअघि, अध्यक्ष मण्डलको बैठकमा पनि आफूले यसअघि नै अध्यक्ष पदमा उठ्ने घोषणा गरेको र अब मनोनयन दाखिला गराउने जानकारी दिएको पनि सञ्चारकर्मीहरूलाई बताए ।