
काँग्रेस तनहुँको सभापतिमा आले निर्वाचित

नेपाली काँग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन् । आज सम्पन्न भएको मत परिणामअनुसार आले १६८ बढी मत प्राप्त गरी कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा एक सहसचिव बाहेक सबै पदाधिकारी आले प्यानलबाट निर्वाचित भएका छन् ।
उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् । उनीहरुले क्रमशः ९०७ र ८७६ मत प्राप्त गरेका छन् । सचिवमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी भएका छन् । उनीहरुले क्रमशः १०२० र ८१२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी मोहन गिरीले ८०७ र केशबहादुर सुनारले ७२७ मत प्राप्त गरेका छन् ।
सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई विजयी भएका छन् । उनीहरुले क्रमशः ९२० र ८५९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी धिरेश खनालले ७७४ र हुतमणि अधिकारीले ७७६ मत प्राप्त गरेका छन् ।
कूल एक हजार ८१७ मतदातामध्ये शनिबार सम्पन्न मतदानमा एक हजार ७८३ मत खसेको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ