शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ  नियुक्त

आइतबार, १२ मङ्सिर २०७८, २२ : २१
आइतबार, १२ मङ्सिर २०७८

प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा आइतबार  प्रदेश प्रमुख परशुराम खापुङले श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन ।

 मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्ताका लागि  कानुन व्यवसायी पेशल न्यौपाने पनि दाबेदार थिए । तर, श्रेष्ठले बाजी मारे ।

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो । २०७४ साल फागुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका आचार्यले गत असोज १७ गते प्रदेशका मुख्यमन्त्री राईमार्फत राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप