प्रधानसेनापति र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । आइबार मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको छ । मुख्यमन्त्री पोखरेलले मुलुकको हितमा नेपाली सेनाले निभाउँदै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
कतिपय मुलुकमा सेनाको हस्तक्षेप र महत्वाकांक्षाका कारण राजनीति अस्थिरता उत्पन्न हुँदै आएको भएपनि नेपालमा सुरुदेखि नै नेपाली सेनाले संयमित भएर परिवर्तनलाई स्वीकार्दै कर्तव्य निभाएको उनले बताए ।
कोरोना काल र प्राकृतिक विपत्तिका समयमा समेत नेपाली सेना अग्रपंक्तिमा खटिएर सिमित स्रोत र साधनका बीच सेनाले नागरिकको सेवामा खटिएको उनले स्मरण गरे । प्रधानसेनापति शर्माले नेपाली सेना जहिलेपनि राष्ट्रहितमा लागिपरेको बताउदै सेनाले विकास निर्माणका साथै मुलुकका लागि आवश्यक जुनसुकै काम गर्न तत्पर रहेको भनाइ राखे ।
गण्डकी प्रदेशबाट नेपाली सेनामा भर्ती हुनेको संख्या अधिक रहेको बताउँदै उनले आफ्ना पिता पुर्खासमेत कास्कीकै रहेको भेटमा बताए । उनले आफू जिम्मेवारीमा आएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको जानकारी गराए ।
प्रधानसेनापति शर्माले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले पुरानो विमानस्थलको प्रयोगका बारेमा सोच्ने बेला आएको उल्लेख गरे । उनले पर्यटकीय केन्द्र पोखरामा साहसिक पर्यटन र आकस्मिक अवतरणका लागि उक्त स्थल खाली नै राख्न लागि अनुरोध समेत गरे ।
विपत्तिका बेला बच्नका लागि पनि सहरमा ठूलो स्थान आवश्यक रहेकाले अहिलेको विमानस्थलका केही क्षेत्र सुरक्षित राख्न उन आग्रह गरे । मनाङ हुँदै पोखरा आएका उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गरेका थिए । प्रधानसेनापति शर्माको सोमबार मुस्ताङ जाने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित