शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान

आइतबार, १२ मङ्सिर २०७८, २२ : ०२
आइतबार, १२ मङ्सिर २०७८

अमेरिकाको मेरिल्यान्ड राज्यको विधान सभाले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । मेरिल्यान्ड राज्यको विधानसभाको तर्फबाट सांसद ह्यारी भण्डारीले उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठले नेपाल र विश्वभर छरिएर रहेका सबै नेपालीहरूलाई कलाकारिताको माध्यमबाट जनचेतना फैलाउन, सरकार तथा जिम्मेवार निकायलाई जनताको हित र पक्षका कुराहरू पुर्‍याउन अतुलनीय भूमिका निर्वाह गरेकोमा उनलाई सम्मान गरिएको भण्डारीले बताए ।

उनलाई कलात्मक उत्कृष्टता र उपलब्धि मार्फत विश्वव्यापी नेपाली डायस्पोरालाई अनुकरणीय सेवा पुर्‍याएको मान्यतामा सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।

सम्मानपछि श्रेष्ठले कुनै दिन इतिहासमा अमेरिकाकै राष्ट्रपति पनि नेपाली मूलको हुन् सकोस् भन्दै भण्डारीलाई प्रगति र उन्नतिको शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप