बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दसत्र हलमा प्रवेश गरे ओली, समर्थकले गरे नाराबाजी (भिडियो)

आइतबार, १२ मङ्सिर २०७८, २१ : ५०
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं महाधिवेशन अन्तर्गत आयोजित बन्दसत्रमा सहभागी हुने क्रममा हलभित्र प्रवेश गरेका छन् । पार्क सफारी रिसोर्टबाट बन्दसत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् ।

ओलीका समर्थकहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ नारा लगाएका छन् । आइतबार दिनभरको प्रयासपछि ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र आयोजना गरिएको हलभित्र प्रवेश गरेका हुन् । 

उनले दिनभर पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेर नयाँ नेतृत्वका लागि सूची तयार पारेका हुन् । बन्दसत्रमा सोही सूची पेस गर्ने जनाइएको छ । बन्दसत्रले अनुमोदन गरेपछि दशौं महाधिवेशनबाट निर्वाचित कमिटीको घोषणा गरिने जनाइएको छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप