शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले नेताहरु बाहिरिएपछि ओली भेट्न पुगे पूर्वमाओवादी नेता लेखराज भट्ट

आइतबार, १२ मङ्सिर २०७८, २१ : २५
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेट गर्न पूर्व माओवादी नेता लेखराज भट्ट पार्क सफारी रिसोर्टमा पुगेका छन् । एमालेको नेतृत्व सर्वसम्मत चुन्ने प्रयासस्वरुप केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति सदस्यको नामावलीलाई अन्तिम रुप दिएको भनिएकै समयमा पूर्व माओवादी नेता भट्ट अध्यक्ष ओलीलाई भेट्न रिसोर्ट पुगेका हुन् ।

ओलीसँगको छलफलबाट एमाले नेताहरु ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायत बाहिरिए लगत्तै भट्ट उक्त रिसोर्टमा पुगेर ओलीसँग भेट गर्दैछन् । ओली–भट्टबीचको छलफलमा एमाले नेताहरु विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी छन् ।

सहमतिमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य टुङ्गो लगाउन भन्दै आइतबार दिनभर ओलीले पार्टीका विभिन्न नेतासँग छलफल गरेका थिए । साँझ भने नामावली करिब करिब टुंगो लागिसकेको बताइएको छ । पछिल्लो समय सोही नामावलीका विषयमा ओलीले विभिन्न नेतासँग छलफल गरेका हुन् ।

यसअघि एमाले नेताहरु ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायतसँग ओलीले छलफल गरेका थिए । त्यसलगत्तै पूर्वमाओवादी नेता भट्ट ओलीसँग भेट गर्न पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप