ad
x
एमाले महाधिवेशन

नामावली प्रिन्ट गर्दै विष्णु पौडेलले भने– सहमति जुट्यो !

person explore access_timeमंसिर १२, २०७८ chat_bubble_outline0

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको र नामहरू टुंगो लागेको बताएका छन् ।


सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुंगो लगाएपछि एमाले नेता पौडेल दोस्रोचोटि नामावली प्रिन्ट गर्न रिसेप्सनमा झरेका थिए । दिउँसोजस्तै नाम प्रिन्ट गरेर उनी अध्यक्ष ओलीलाई देखाउने माथ्लो तल्लामा चढेका छन् ।



प्रिन्ट गरिएको कागजमा अध्यक्ष ‘केपी शर्मा ओली’ लेखिएको छ भने उपाध्यक्ष खाली राखिएको छ । केन्द्रीय सदस्यहरुको नाम प्रिन्ट गर्न झरेका पौडेललाई सञ्चारकर्मीहरूले सहमति जुटेको हो ? भनेर सोधेका थिए । जवाफमा उनले सहमति जुटिसकेको बताए ।





विष्णु पौडेलले नामावली प्रिन्ट गराउनुअघि लाग्दा पार्क सफारी रिसोर्टबाट ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायतका नेताहरु बाहिरिएका थिए । अहिले केपी ओली, शंकर पोखरेल र विष्णु पौडेल मात्रै पार्क सफारी रिसोर्टमा छन् ।



अब केन्द्रीय कमिटीको नाम टुंगो लगाएपछि अध्यक्ष मण्डलको बैठक बस्ने र त्यसपछि बन्दसत्र सुरु हुने नेताहरुले बताएका छन् । यसअघि माइकिङ गरेर साँझ ७ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र राति ९ बज्दासम्म सुरु हुन सकेको छैन ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।