शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ढाका कपडाको प्रदर्शनी हुने

आइतबार, १२ मङ्सिर २०७८, १९ : ५०
आइतबार, १२ मङ्सिर २०७८

काठमाडौँमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरूको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते  काठमाडौँ बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङ्केटमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरूको भेला हुने भएको हो ।

प्रदर्शनीमा ४० वटा स्टल रहने बताइएको छ । त्यसमध्ये २५ वटा स्टलमा ढाकाका बस्तु र १५ वटा स्टलमा रेशाजन्य अल्लोका उत्पादनहरू राखिने नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा ढाका उद्यमी व्यवसायीहरूको छाता संस्थाको रुपमा रहेको ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको पुनर्गठन समेत गरीने संयोजक श्रेष्ठले बताए । उनका अनुसार प्रदर्शनीमा राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको पनि सहयोग रहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामकुमार गिरीले पछिल्लो समय ढाकाको महत्त्व बढ्दै गएको र ढाकाको उत्पादनमा विविधीकरण हुन थालेको बताए ।

 ढाकाले महिला दिदीबहिनीहरूलाई रोजगारमा संलग्न गराउनका साथै पिछडिएका जनजातिहरूको आर्थिक स्तरमा उन्नति गर्न समेत मद्दत पु¥याएको उनले बताए । अध्यक्ष गिरीले ढाकालाई फेसन उद्योगसँग जोड्नु आवश्यक रहेको समेत उल्लेख गरे । ढाकाले ग्रामीण भेगमा रोजगारी सिर्जना गर्न र ग्रामीण भेगमा सन्तुलित विकास गर्न भूमिका खेलेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप