एमाले महाधिवेशन : बन्दसत्र एक घण्टा पर धकेलियो, अध्यक्ष मण्डलको बैठक बस्दै
आइतबार, १२ मङ्सिर २०७८, १९ : ३७

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।
अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका पदाधिकारीसहित ३०१ सदस्यीय सूची तयार पारेका छन् । अध्यक्ष मण्डलको बैठकले उक्त सूची अनुमोदन गरेपछि बन्द सत्रमा लगिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ साताभित्र ‘रियल टाइम बक्सअफिस’ सुरु हुने
-
पदाधिकारी बैठकमा देउवा : गभर्नर चाँडै नियुक्ति हुन्छ
-
पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग
-
पूर्वराजाको नाममा उठाएको पैसा बुझे नवराज सुवेदीले
-
आतंकवादको खिलाफमा हुने कारबाही जायज : नेपाली कांग्रेस
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ